कांग्रेसको प्रस्ताव अनुसार राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन नसर्ने
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १३:०:८
२७ फागुन, काठमाडौं । नेपाल कांग्रेसले राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन सार्न गरेको प्रस्ताव अमान्य भएको छ । फागुन २९ गतेका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसले प्रस्ताव गरेको थियो ।
आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केहि दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए । अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ ।
यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । यही अनुसार जाने निर्णय भएको नेताहरुले जानकारी दिए ।
राष्ट्रिय सभाको बैठक आज आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बोलाइएको छ । जहाँ अध्यक्षका चुनावको मिति घोषणा गरिने छ । कांग्रेसले आफूहरुलाई नसोधिएकको र थप तयारी गर्नुपर्ने भन्दै निर्वाचन सार्न प्रस्ताव गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पार्टी गठनमा लागेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
लन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
तोलामा १४ सय बढेर १ लाख ५१ हजार पुग्यो सुन
पुष १७, २०८१ बुधबार
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री
पुष १७, २०८१ बुधबार