पाँच पार्टीका नेता राखेर न्युनतम साझा कार्यक्रम बनाउन संयन्त्र गठन
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १३:३८:५३
२७ फागुन, काठमाडौं । सरकारको न्यूनतम् साझा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलहरूबीच छलफल गरी संयन्त्र बनाएको छ । आइतबार बिहान सिंहदरबार स्थित अर्थ मन्त्रालयमा भएको छलफलमा न्यूनतम् कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो ।
छिटो न्यूनतम् साझा कार्यक्रम बनाउने र सो कार्यक्रम गठबन्धनका बीचमा भएको ८ बुँदे राजनीतिक सहमतिमा आधारित हुने बताइएको छ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको हो । सत्तामा सहभागी पाँच दलबाट २/२ हुने गरी संयन्त्र बनाइएको छ ।
नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।
पाँच वटै पार्टीबाट आएका धारणा समेटेर मस्यौदा तयार गर्न रिमाललाई जिम्मेवारी दिइएको छ । सरकारका कार्यलाई प्रभावकारी बनाउन प्राथमिकता विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार गर्ने बताइएको छ । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्यूनतम् साझा कार्यक्रमहरू र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । बैठक मंगलबार पुन बस्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार