अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १५:६:३४
२७ फागुन, काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहरसहित आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, इन्जिनियर सुबोधकुमार चापागाईं, लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, तामाकोसी–१ का तत्कालीन वडाअध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर–४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा नम्बर–३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्ले छन् ।
तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
कात्तिक २४, २०८१ शनिबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा प्रयत्न आवश्यक छ : प्रमुख आयुक्त राई
कात्तिक १२, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार