बैंकर शम्भु थापालाई क्षतिपूर्तिसहितको तलब भत्ता उपलब्ध गराउन सर्वोच्च अदालतको आदेश, बैंकद्धारा दायर रिट नै खारेज
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १७:५८:५२
२७ फागुन, काठमाडौं । इमान्दार र सोझो हुनुको पीडा कति हुन्छ भन्ने उदाहरण हुन् बैंकर शम्भुबहादुर थापा । तत्कालीन मेगा बैंक लिमिटेडको मुख्य शाखाका प्रबन्धक थापालाई सोही बैंककी तत्कालीन प्रमुख संचालन अधिकृत अनुपमा खुञ्जेलीले सुनियोजित रुपमा फसाउँदै जागीरबाट हात धुन बाध्य बनाएकी थिइन । तत्कालीन सीईओ अनिलकेशरी शाह, सीओओ खुञ्जेली एवं सञ्चालक भोजबहादुर शाह (पछि अध्यक्ष पनि भएका) को षडयन्त्रले लामो समय बैंकर थापा अड्डा अदालत धाउँदैमा बिताएका थिए ।
तर साविकको मेगा बैंकबाट पीडित एकजना वरिष्ठ प्रबन्धक शम्भुबहादुर थापालाई आज सर्वोच्च अदालतले अन्तिम तथा पूर्ण न्याय प्रदान गर्दै बैंकद्धारा दायर रिट नै खारेज गरिदिएको छ । कर्मचारीले पाउने सुविधाको गाडीसमेत जबरजस्त खोसेर घरजग्गा नै लिलामी निकाल्न पछि नपरेकी खुञ्जेलीले बैंकर थापालाई ठूलो मानसिक तनाव पनि दिएकी थिइन । किस्तावापतको जम्मा तीन लाख तिर्न बाँकी रहँदा उनको कार समेत खोसेर ग्यारेजमा सडाउँदा बैंकका शेयरधनीहरुको मुनाफामा पनि घाटा परेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश द्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलाशले बैंकर थापालाई हालसम्मको तलब भत्ता सहित क्षतिपूर्ति भराउने श्रम अदालतको निर्णयलाई सदर गर्दै उनी विरुद्धको रिट खारेज गरेको हो ।
श्रम अदालतले गत ०७७ साल चैत ११ गते थापालाई बैंकले निलम्बन अवधिको पूरै तलब भत्तासहित सबै सुविधा उपलब्ध गराउन आदेश दिएको थियो । न्यायाधीश रामप्रसाद ओलीको नेतृत्वमा रहेको तीन सदस्यीय इजलाशमा न्यायाधीशहरू प्रेम राई र निशा बानियाँ रहेका थिए । श्रमले दिएको आदेशमा भनिएको छ– “निज थापालाई प्रहरीले पक्राउ गरेको मिति २०७१ माघ ७ गतेदेखि ०७७ साल चैत ११ गतेसम्मको सबै तलब भत्ता लगायत सुविधा उपलब्ध गराउनु ।”
तत्कालीन मेगा बैंकको स्थापनादेखि कार्यरत इमान्दार र सोझा बैंकर थापालाई २०७१ माघ ७ गते व्यवस्थापन पक्षले विभिन्न काल्पनिक आरोप लगाएर निलम्बन गरेको थियो । सो बैंककी तत्कालीन प्रमुख संचालन अधिकृत पछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीको जाहेरीमा थापालाई जबरजस्ती पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । नक्कली बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका थापालाई पछि जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत यसअघि नै निर्दोष ठहर गर्दै सफाई दिएको थियो ।
यसरी अदालतले निर्दोष ठहर गरेपछि जागीरमा पुनर्बहाली गर्नुपर्नेमा तत्कालीन मेगा बैंकले विभिन्न बहाना झिकी उनलाई पुनर्बहाली गर्न मानिरहेको थिएन । अदालतको आदेश बमोजिम सेवा सुविधा पाउँ भनी थापाले निवेदन दिँदासमेत बैंक व्यवस्थापनले बेवास्ता गरेको थियो ।
बरु दवावमा दिएको राजीनामा फिर्ता लिइसकेपछि पनि उल्टै ब्याकडेटमा उनको राजीनामा स्वीकृत भएको भन्दै बैंक कर्मचारीले पाउने सुविधावापत लिएको व्यक्तिगत कर्जा र अटो लोन नतिरेको भन्दै घरजग्गा हडप्ने उद्देश्यले लिलामी निकालेको थियो । बैंकले पटकपटक अदालतको फैसला कार्यान्वयन गर्न आनाकानी गरेपछि बैंकर थापा पुर्नवहाली र सेवा सुविधाको माग गर्दै श्रम अदालत गएका थिए ।
लामो समय बैकिङ क्षेत्रमा क्रियाशील थापा कुशल व्यवस्थापक हुन् । तर बैंक व्यवस्थापन तहका केही उच्च पदस्थहरुको स्वार्थ बाझिएपछि कोपभाजनमा परेका थापालाई फसाउने उद्देश्यले उनीमाथि मुद्दा दायर भएको थियो । उनीमाथि बैकिङ कसुर र सरकारी छाप कीर्ते जालसाजीको मुद्दा लगाइएकोमा दुवैमा उनले सफाई पाइसकेका छन् ।
जिल्ला, उच्च र सर्वोच्च तीनै तहबाट थापाले सफाई पाउँदासमेत मेगा बैंक व्यवस्थापनले पुर्नवहाली नगरी अन्यायपूर्वक सेवा सुविधासमेत उपलब्ध गराएको थिएन । व्यवस्थापन पक्षले फैसला कार्यान्वयनमा आनाकानी गरेपछि मात्रै उनी श्रम अदालत गएका थिए । श्रम अदालत गएपछि व्यवस्थापन पक्ष थप आक्रोशित भई उनको सुविधामा प्राप्त सवारी साधनसमेत सिज गरिएको थियो । बैंकको बाँकी किस्ता तिर्छु भन्दा समेत पूर्वाग्रह साँधी उनको गाडी कवाडी बनाउने हेतुले लामो समय थन्क्याएर राखिएको छ ।
मेगा बैंकमा आउनुअघि उनी नबिल बैंकमा क्रियाशील थिए । मेगा बैंककै केही उच्च पदस्थले उनीमाथि रिसइबी साँधे पनि अधिकांश कर्मचारी भने उनीमाथि अन्याय भएको भन्दै थापाको पक्षमा आवाज उठाउँदै आएका थिए । अब भने थापाले बल्ल न्याय पाएको भन्दै अधिकांश कर्मचारीले खुशी व्यक्त गरेका छन् । व्यवस्थापनले जथाभावी आरोप लगाएर मन नपर्ने कर्मचारीको क्यारिअर बिगार्ने कामको अन्त्य भएको भन्दै आम कर्मचारी यो फैसलाबाट थप खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार