श्रीमतीलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिने रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार २१:३३:२७
२७ फागुन, काठमाडौं । विशेष अदालत काठमाडौंले उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो ।
आइतबार विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा कटवाललाई दोषी ठहर गरेको हो । कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुनेसमेत फैसला गरेको छ ।
सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र रु चार लाख ९८ हजार नौ सय ९५ जरिवाना तथा बिगो बमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार