ट्रमा सेन्टर बनाउन जग्गा नपाउँदा बजेट ‘फ्रिज’
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार ७:४८:४०
२८ फागुन, गोदावरी (कैलाली) । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।
ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु पाँच करोड विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो ।
सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए । उनले लम्कीमा ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि चालु आवमा ०८०/८१ मा बहुवर्षीय योजनाअन्तर्गत रु पाँच करोड बजेट बजेट विनियोजन गरिएको बताए ।
उनले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्रह गर्दै आएको पनि जानकारी दिए । पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा अत्यधिक दुर्घटना हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको जनाइएको छ । ट्रमा सेन्टर नहुँदा सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ ।
यसैगरी सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा भवन निर्माणका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन् । भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार