ग्याल्पो ल्होसारको सार्वजनिक बिदा, दुनियाँ हसाउँने सरकारी निर्णय
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार ११:५:१०
२८ फागुन, काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको सार्वजनिक विदालाई लिएर सरकारमाथि विभिन्न टीकाटिप्पणी सुरु भएका छन् । कतिपयले सरकारले शेर्पा संस्कृतिमाथि अपमान गरेको दावी गरेका छन् । विदा मनाउनुपर्ने शेर्पा समुदाय सरकारले दिएको विदालाई लिएर आफै अचम्ममा परेको छ ।
आजको विदा एक महिना अगाडि नै दिनुपर्ने थियो । तर, चाड सकिएको एक महिनापछि आएर आज सार्वजनिक बिदा दिएपछि सरकार हाँसोको पात्र बनेको छ । गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएर सरकारले के गर्न खोजेको भन्दै शेर्पा समुदाय नै छक्क र आर्श्चर्यमा परेको छ ।
आजको विदाबारे लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष नाम्गेल शेर्पाले भने ‘सोनाम र ग्याल्पो ल्होसार एक महिना अगाडि नै मनाइएको हो । आज कुनै चाड छैन । हामी आफै अचम्ममा परेका छौ । शेर्पाको संस्कृतिबारे सरकारलाई जानकारी नभएर हुनसक्छ ।’
यो भन्दा लापरबाही अरु के हुन्छ ? ल्होसार र सोनाम ल्होसार गत माघ २७ गते एकै दिन परेको भन्दै त्यही दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएका थिए । नेपाली कांग्रेसकी महासमिति सदस्य शारदा लामाले आफूहरू पनि एक महिनाअघि मनाएको पर्वको आज सार्वजनिक विदा र सरकारले शुभकामना दिएको देख्दा अचम्म लागेको बताइन् ।
आज प्रधानमन्त्रीदेखि प्रतिनिधिसभाका सभामुखसम्मले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्दै कामना गरेका छन् । आज जारी शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार