पार्टीले एक ढिक्काका साथ अध्यक्षको उम्मेदवार बनाएको छः सांसद शर्मा
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १३:०:६
२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए ।
सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गरे । उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने बताए ।
उम्मेदवार शर्माले भने, “लोकतन्त्रमा कसैको जित वा हार हुँदैन । सबै जित्छन्, सबै हार्छन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन ।”
उनले आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहेको, २०२५ सालमा बीपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको बताए ।
विसं २०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति, लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिका रहेको जानकारी दिए । पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रिय सभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री राणा
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार