कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १७:५२:४
सुर्खेत । कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन ।
सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो ।
चालू आवको नौ महीनाको अवधिमा यस मन्त्रालयले ५।३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, पुल, खानेपानीका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको थियो । मन्त्रालयले कर्मचारी र भौतिक संरचनाको कमीले गर्दा विनियोजित बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले प्रदेशलाई सङ्घीय सरकारले बजेटमात्र दिएर विकास नहुने बताए। “सङ्घीय सरकारले समयमै कर्मचारी पठाएन, ढिला गरी आएका कर्मचारी बल्ल काम शुरु गर्दैै थिए, त्यतिबेलै समायोजनको प्रक्रिया शुरु भयो”, उनले भने, “अहिले पनि समायोजनबाट आउनेभन्दा उल्टै यहाँ काम गरिरहेका कर्मचारी प्रदेश बाहिरै जाने अवस्था सिर्जना भयो ।”
प्राविधिक कर्मचारी कर्णाली बस्न नचाहनु विडम्बना भन्दै मन्त्री खत्रीले समायोजन प्रक्रियाले कर्णालीमा झन कार्यालय रित्तो बन्न पुगेको बताए। बजेट कार्यान्वयन गर्ने बेलामा यस मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कर्मचारीको सङ्ख्या निकै कम छ । कतिपय कार्यालयमा त प्रमुखमात्र छन् ।
पूर्वाधार विकास कार्यालय जुम्लामा १४ प्राविधिक दरबन्दीमध्ये हाल दुई जनामात्र कर्मचारी कार्यरत छन् । ती दुई कर्मचारीको पनि सङ्घमै समायोजन भएको छ ।
रुकुुम ‘पश्चिम’ स्थित पूर्वाधार विकास कार्यालयले पनि कर्मचारी अभाव झेल्दै आएको छ । तीन जिल्लाका भौतिक पूर्वाधारको काम गर्ने यस कार्यालयमा प्रमुख योगेन्द्र धराला मात्र छन्। उनको पनि प्रदेश ५ मा सरुवा भएको छ ।
हुम्लास्थित पूर्वाधार विकास कार्यालयमा प्रमुख पूर्णबहादुर रोकायाबाहेक अरु कर्मचारी छैनन् । उनका अनुसार प्राविधिकको अभावका कारण सडक, पुल, सिँचाइ, खानेपानीलगायतका आयोजना सर्भे, स्तरोन्नति, अनुगमन, मूल्याङ्कन तथा रकम भुक्तानीमा समस्या भइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
कात्तिक २७, २०८१ मंगलबार
नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
कात्तिक २६, २०८१ सोमबार
पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार