आज पहाडी भू–भागमा चट्याङ, वर्षा एवं हावाहुरीको सम्भावना !
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १७:५६:७
काठमाडौं । आज देशभरको मौसममा फेरबदल हुने रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले आंशिकदेखि सामान्य बदली हुनेछ ।
पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षा एवं तराईमा चट्याङ परिरहेको र असिनापानी पनि पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा तापक्रम घटबढका बेला विकसित हुने गर्छ । जसका कारण तराईतिर पानी, चट्याङ एवं हावाहुरी तथा पूर्व-पश्चिमका पहाडी जिल्लातिर उच्च पानी पर्ने सम्भावना रहेको छ । उपत्यकाको मौसम पनि दिनभरि नै बदली रहने जनाइएको छ भने पानी पर्ने सम्भावना पनि छ ।
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसममा बदलाव आएको हो । यसका लागि सचेत भएर बस्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार