अख्तियारको फन्दामा परे २० हजार घुस लिने प्रहरीका असई र हवल्दार
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १७:३९:४
२८ फागुन, महोत्तरी । नेपाल प्रहरीका दुई जना कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्ति बजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दुबैजनालाई गैरी टोलबाट नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
स्थानीय एक व्यक्तिले ठेक्का लिएको जग्गाको विवादमा अदालतमा छलफल गराइदिने भनी उनीहरुले ३०÷४० हजार रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीले अख्तियारमा दिएको पूर्व उजुरीको आधारमा पछ्याएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबै जनामाथि थप अनुसन्धान सुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार