फिल्म ‘सुगुप’को इटहरीमा ‘विशेष शो’ सम्पन्न
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १२:२१:१६
२९ फागुन, इटहरी । चलचित्र ‘सुगुप’को फागुन २८ गते सोमबार इटहरीमा विशेष सो प्रदर्शन सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा दिनको १२ वजेबाट सो सुरु भएको थियो । फिल्मको विशेष सोमा पुर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, हालका कोशी प्रदेश सांसद सर्वध्वज साँवाको समेत बिशेष उपस्थिति रहेको थियो ।
धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट इटहरीको विशेष शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र‘सुगुप’को लण्डन, काठमाडौको बिग मुभिज तथा नेपालीको विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भईसकेको छ भने अब अन्य ठाउहरुमा देखाउने तयारी छ ।
‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको विषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका छन् । यो लिम्बू भाषिक चलचित्र हो लिम्बू भाषामा निर्माण भएको चलचित्र भएतापनि बुझ्न भने गाह्रो छैन सजिलोको लागि यस फिल्ममा नेपाली र अङ्ग्रेजी भाषामा सबटाइटल समेत दिईएको छ । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।
ञसुगुपझमा लिम्बू संस्कृति तथा रिति रिवाजलाई निर्देशकले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् । कुलतले मानिसलाई गरिब बनाउने र इज्जत र परिवारको लागि मानिसले केके सम्म गर्छ भन्ने ‘सुगुप’मा देखाएईको छ । बर्गिय भेदभाव र शिक्षाको अभावले बिग्रने सोच र रिसरागले गरिएको व्यवहारले निम्त्याउने समस्यालाई यस फिल्ममा उठान गरिएको भने चेतनाको अभावले गर्दा ग्रामीण भेगका महिलाहरूले भोग्ने समस्याहरूलाई सरल शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, 'फेलेन्देको बाउ', बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो,योमन सोदेम्बा,सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम।के। योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरूको अभिनय रहेको छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल।पी। साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बु हुन् । साथै यस चलचित्रको विराटनगरमा पनि इटहरीको प्रदर्शनी संगै भव्य प्रदर्शन भएको निर्माण युनिटले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार