सत्ता गठबन्धनमा ७ बुँदे सहमति, यस्तो छ संयुक्त वक्तव्य
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १२:२१:४८
२९ फागुन, काठमाडौं । सत्ता गठबन्धनका दलबीच ७ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बीच ७ बुँदे सहमति भएको हो । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरूबीच सहमति भएको हो ।
गत फागुन २१ गते बनेको सत्ता गठबन्धनले मंगलबार साँझसम्म संयुक्त वक्तव्य निकाल्ने भएका छन् । सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका माग सम्बोधन गर्ने सहमति बनेको थियो ।
त्यसपछि संघीय संसद्मा १० जना सांसद रहेको एकीकृत समाजवादीले मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाललाई सघाउन तयार भएको हो ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार लिन लागेको विश्वासको मतको पक्षमा पनि उभिन एकीकृत समाजवादी तयार भएको छ । समाजवादीबाट यसअघि नै धनबहादुर बुढा र भानुभक्त जोशी नयाँ सत्ता गठबन्धन सरकारमा मन्त्री बनिसकेका छन् ।
यस्तो अवस्थामा फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले ८ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । फागुन २१ मै सत्ता गठबन्धनमा मिसिसकेको समाजवादीका अध्यक्ष नेपालले राखेका नयाँ मागलाई प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तो छ संयुक्त वक्तव्य:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार