हइटीका प्रधानमन्त्रीले राजीनामा दिँदै
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १५:५०:३४
२९ फागुन, मेक्सिको सिटी । हइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन् ।
'मैले नेतृत्व गरिरहेको सरकारले (संक्रमण) परिषदको स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु' हेनरीले भिडियो सम्बोधनमा भनिएको छ।
क्यारिबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपत्कालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।
सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ । हइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।
फेब्रुअरीको अन्त्यदेखि हइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट-ओ-प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तराष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
बैशाख १५, २०८१ शनिबार
सर्लाहीका पाँच पालिकाका विद्यालयले अझै पाठ्यपुस्तक वितरण गरेनन्
बैशाख १५, २०८१ शनिबार
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार