दाइजोमा सुनको सिक्री नपाएपछि यसरी भयो विहे रद्द
आबिद हुसेन
फागुन २९, २०८० मंगलबार १५:५९:१
२९ फागुन, वीरगञ्ज । दाइजोमा बेहुली पक्षले बेहुलालाई सुनको सिक्री नदिएको विषयमा विवाद हुदाँ वीरगन्जमा एउटा विहे नै भाँडिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमबारराति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको हो ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका बच्चालाल साहका छोरा उमेश साह र वीरगञ्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे भाँडिएको हो । बेहुला उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।
विहे भाँडिएपछि प्रहरीले बेहुला उमेश, उनका बुबा बच्चालाल, दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु आनन्द साहसहित बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको छ । विहे चल्दै गरेका बेला बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा झिकाएर छलफल गर्दापनि सहमति नजुटेपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले बताए । उनले भने,‘ छलफलमा सहमति जुटेन । त्यसपछि नियन्त्रणमा लिइएका बेहुलासहितका ६ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइदिएका छौं ।’
कसरी भाँँडियो विहे ?
वीरगञ्ज २४ रामगढवास्थित बेहुली रमिताको घरमा सोमबार बेलुकी बाजागाजका साथ जन्ति आयो । वैवाहिक कार्यक्रम सुरु भयो । बेहुला र बेहुलीबच बरमाला (स्वयम्बर) पनि धुमधामकासाथ भयो । जन्तिहरुले भोजभतेरपनि मज्जाले खाए । त्यसपछि मधेसी समुदायको परम्परा अनुसार जग्गेमा कनिया निरिक्षन (जेठाजुले बेहुलीलाई पूज्ने विधी) सुरु भयो ।
त्यसक्रममा बेहुला पक्षले बेहुलीको हातमा सुनको एक थान मात्रै गहना चढाए । एक थान मात्रै गहना बेहुलाई चढाएपछि बेहुली पक्षले गहना थोरै भएको गुनासो गरे । त्यहि निहुँमा बेहुला उमेश र उनका भिनाजु आनन्दले दाइजोमा सकारेको सुनको सिक्री किन नदिएको भन्दै बेहुली पक्षसंग निहुँ खोजेर झगडा गर्न थाले । उक्त विवाद चर्किदै गएर दुवै पक्षबिच हात हालाहालपनि भयो । बेहुलीका मामा विन्दुभूषण साहले भने,‘ बेहुलाका भिनाजु आनन्दले बेहुलीका भाई अमितको घाँटी नै न्यााकेर हातपात गरे । बेहुला उमेश स्वंयले बेहुलीलाईपनि दुई तीन थप्पड हाने । त्यसपछि विवादले झन् उग्र रुप लियो । अनि हामीले प्रहरीलाई खबर गर्यौं ।
बेहुलीका मामा विन्दुभूषणका अनुसार, बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ, मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ, ६५ हजार रुपैयाँको एक थान ल्यापटप, करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री विहे अगाडि नै दिइसकेको थियो । त्यसका बाबजुदपनि सोमबारराति विहेको जग्गेमै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेर विहे भाँडेको बेहुलीका मामा विन्दुभूषणको दाबी छ । विन्दुभूषणले भने,‘ पहिलो कूराोत जबसम्म ल्याप्टप दिएनौ तबसम्म बेहुला पक्षले विहेको मिति नै तोक्न मानेका थिएनन् । ल्यापटप घरमा लगेर पुरयाएपछि मात्रै विहेको मिति फिक्स गरेका थिए । अर्को कूरा दाइजोामा सुनको सिक्री दिने भनेर सकारेकै थिएनौ । तर त्यसैलाई निहुँ बनाएर विहे नै भाँडे ।’
मंगलबार बिहान वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी निरीक्षक थिङको उपस्थितीमा दुवै पक्ष बिच भएको छलफलमा बेहुली रमिताले दाइजोको लोभी केटासंग विहे नगर्ने अडान राखेपछि प्रहरीले आवश्यक प्रकृया अगाडि बढाएको छ ।
छलफलबाट बाहिर निस्किएकी बेहुली रमिताले भनिन्,‘दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासंग म विहे गरेर बस्न सक्दिन । म उसंग कुनैपनि हालतमा विहे गर्न सक्दिन ।’ उनले थपिन्,‘ दाइजोकै लागि मजस्तै अरुपनि चेलीबेटी र उसको परिवारको यस्तो नहोस् अनि दाइजोका लोभीलाई सबक होस् भनेर मैले यो निर्णय लिएकी हुँ ।’
जिल्ला प्रहरी कार्यालय पर्सााका प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले भने वडा प्रहरी कार्यालयमा भएको छलफलमा सहमति नभएपछि बेहुलासहित उनि पक्षका ६ जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएकोे बताए । उनले भने,‘ पिडित पक्ष जाहेरी लेखाउन गएको छ । जाहेरी लिएर आएपछि दर्ता हुन्छ । अनि त्यसै अनुसार थप प्रकृया अगाडि बढ्छ ।’
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार