स्पञ्ज आइरन र बिलेटको भन्सार दर अध्ययन गरिने
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १७:११:४४
२९ फागुन, काठमाडौं । स्पन्ज आइरन बिलेटको भन्सार दर अवलोकन गर्न अध्यायन गर्न समति बनाइएको छ । उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेटको भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ ।
आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ छन् । समितिको बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिका सभापति खानले सुर्ती, खैनी तथा गुट्खा उद्योगको पूँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा छलफल भएको र नेपालमा सञ्चालित विभिन्न किसिमका सुर्ती, खैनी तथा गुट्खा उद्योगको विवरण लिने, सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्थाबारे विवरण उपलब्ध गराउने, वार्षिक रूपमा हुने आयातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाल)ेका सांसद लक्ष्मी महतो कोइरीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने उद्योगमा लगानी गर्न नहुने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले स्थानीय तहले सुर्ती, गुट्खाजन्य कुराको बन्द गर्ने तर सङ्घीय सरकारले उत्पादनको क्षमतामा वृद्धि गर्ने जस्ता निर्देशन दिने कुरा बाझिएको बताए ।
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले नयाँ उद्योगलाई सुर्तीजन्य उत्पादनको क्षमता बढाउनुभन्दा जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार