राजनीतिमा पति र पत्नीको विवाद, के छ रेशमको प्रेमपत्रमा ?
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १०:४२:१५
३० फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले राजनीतिक प्रेमपत्र लेखेर पत्नी रन्जितासँगको राजनीतिक विवादबारे जानकारी गराएका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/ नगर्ने भन्ने विषयमा रेशम र रन्जिता बीच भएको विवादलाई उनले पत्रका रुपमा फेसबुकमा राखेका छन् ।
चौधरीले पार्टीभित्र देखिएको विवाद घर झगडा नभएको बताएका छन् । आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनीतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान्, सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।’
उनले रन्जितालाई आफूले सम्झाउन नसकेको दुखेसो पोखेका छन् । उनले भनेका छन्, ‘मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।’
उनी लेख्छन्, ‘जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु भएको उनले बताएका छन् । ‘घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस्, एमाले, माओवादी, कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गए ।’
यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् । ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन् ।
चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घर झगडा नभएको बताएका छन् । चौधरी भन्छन्, ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो,जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’
उनले पार्टी अध्यक्षसमेत रहेकी श्रीमती रञ्जितालाई सम्बोधन गर्दै भनेका छन्,‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’
रञ्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर नाउपाकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन् । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुन नहुने रन्जिताको मत छ । पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् ।
रन्जिता भने प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने पक्षमा छिन् । आफूहरूप्रति प्रचण्डको सहानुभूति भए पनि कसैको कृपाले नाउपाका नेता–कार्यकर्ताहरु रिहा नभएको रेशमले उल्लेख गरेका छन् । बरु दुई लाख ७८ हजार जनताको भोटको बलमा टिकापुर घटनामा बन्दीहरु रिहा भएको र रन्जिता पनि मन्त्री बनेको रेशमको भनाइ छ ।
रेशमले लेखेका छन्, ‘उनको (रन्जिताको) भनाइ छ, प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटि प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’
‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखल्नेवाला छैनौं । जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो,’ रेशमले थप लेखेका छन् ।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस, कम्युनिस्ट जस्तो नभई भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै रेशमले एक अर्कोमा हिलो छ्यापाछ्याप नगर्न आह्वान पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार