कांग्रेसले पोहोर दुई महिनामै सरकार ढाल्दा अस्थिरता भएन, अहिले त १४ महिनामा ढालेको होः ओली
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १२:५६:५०
३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई सरकार परिवर्तनमा आफ्नो भूमिका हेर्न अनुरोध गरेका छन् । नयाँ गठबन्धन बनेपछि बुधबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले आफूले दुई महिनामा सरकार ढाल्दा अस्थिरता नहुने अहिले १४ महिनामा सरकार ढाल्दा कसरी अस्थिरता भयो भनेर प्रश्न गरे ।
उनले भने, ‘सरकार परिवर्तन भएको छ, यो स्वाभाविक छ । हामीले प्रतिस्पर्धाको प्रणाली ल्यायौँ । बहुमत कसैसँग छैन, अस्थिरताको खेती यहाँहरूले गर्नुभएको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष १४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो ? पोहोर अस्थिरता भएको थिएन त ? पोहोर साल दुई महिना पनि नपुगिकन शान्त, स्थिर भइकन सरकार परिवर्तन गरेको होइन ?’
२०७९ पुस १० गते नेकपा एमाले–माओवादी केन्द्रसहितको दलको सहभागितामा प्रचण्डको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । तर प्रधानमन्त्री प्रचण्डले दुई महिनामै एमालेसँगको सम्बन्ध तोडेर कांग्रेससँग गठबन्धन बनाउँदा एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए भने केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार