नयाँ गठबन्धन बनेपछि गाली गर्ने उद्योग बन्द भयो: शर्मा
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १३:५१:५४
३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नयाँ गठबन्धन बनेपछि गाली गर्ने कुटीर उद्योग बन्द भएको बताएका छन् । उनले माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन टुटेपछि राजनीतिमा अपमानित गर्ने बोली बन्द भएको बताएका छन् ।
उनले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको विपक्षमा बोल्दै राजनीतिमा सभ्य भाषाको प्रयोग हुनुपर्ने धारणा राखे । कांग्रेसको तर्फबाट विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शर्माले भने, ’राजनीतिमा तिक्त आलोचना गर्ने र गालीको कुटिर उद्योग चलाउने जुन चलन थियो नि, यो गठबन्धन टुटिसकेपछि त्यो गालीको कुटिर उद्योग बन्द भएको अवस्था छ, लोडसेडिङमा परेको अवस्था छ तत्कालका लागि ।’
राजनीतिमा होच्याउने र मानमर्दन गरेर बोल्न नहुने शर्माको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै शर्माले भने, ’विगतमा हेर हेर कांग्रेसको गति, ३२ सिटेको पछि लागेको छ । यो देशको एउटा पूर्वप्रधानमन्त्रीले भन्नुभयो, उहाँको नाम बिर्सिएँ ।’
माओवादी पनि ३२ सिट जनताबाट निर्वाचित भएर आएको हेक्का राख्नुपर्ने र राजनीतिमा त्यस्तो भाषा बोल्दा ख्याल गर्नुपर्ने पनि शर्माको भनाइ थियो । विगतमा ओलीले हाल राष्ट्रिय सभा अध्यक्ष भएका नारायणप्रसाद दाहालबारे दिएको अभिव्यक्तिलाई लिएर पनि शर्माले आलोचना गरेका छन् । त्यतिबेला राष्ट्रपतिबाट दाहाललाई राष्ट्रिय सभामा मनोनीत गरेकोमा आलोचना गरेका थिए ।
’राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्दै गर्दा एकजना पूर्वप्रधानमन्त्रीले नारायणकमल दाहाल भन्नुभयो । उहाँ को हुनुहुन्थ्यो उहाँको नाम पनि बिर्सिएँ,’ शर्माले भने, ’दुई वर्षअघि नारायणकमल दाहाल भनेर व्यंग्य गर्ने, परिवारका सबैलाई थान्कोमान्को गर्नुपर्ने भन्ने नेताले त अहिले राष्ट्रिय सभाको अध्यक्ष बनाएर यहाँ आएर मुस्कुराएर हामीलाई पो व्यंग्य गर्दै हुनुहुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार