झिमरुकमा निःशुल्क शिक्षाले क्याम्पस पढ्ने विद्यार्थी बढे
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १४:९:१७
३० फागुन, प्यूठान । झिमरुक गाउँपालिकाले स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । झिमरुक गाउँपालिका–५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई शिक्षा र भर्ना शुल्कमा छुट दिएपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको क्याम्पसले जनाएको छ ।
गत वर्ष क्याम्पसको पहिलो वर्षमा भर्ना भएका विद्यार्थीको सङ्ख्या ५३ रहेकामा यस वर्ष वृद्धि भई एक सय ४५ जना पुगेको गौमुखी क्याम्पसका क्याम्पस प्रमुख शेरबहादुर जिसीले जानकारी दिए । झिमरुक गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने नीति तथा कार्यक्रम लिएको थियो । सो कार्यक्रमले क्याम्पसमा स्नातक अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गरेको क्याम्पस प्रमुख जिसीले बताए ।
क्याम्पस प्रमुख जिसीका अनुसार विद्यार्थीले प्रथम वर्षमा रु तीन हजार पाँच सय ५०, दोस्रो र तेस्रो वर्षमा रु तीन हजार र चौथो वर्षमा रु दुई हजार पाँच सय भर्ना शुल्क र मासिक रु आठ सयका दरले शिक्षा शुल्क बुझाउनुपर्दथ्यो । झिमरुक गाउँपालिकाको सहयोगपछि सो शुल्क पूर्ण रुपमा छुट गरिएको छ । क्याम्पसले भने फर्निचर र व्यवस्थापन भन्दै वार्षिक रु एक हजार लिने गरेको छ । क्याम्पस प्रमुख जिसीले भने, “व्यवस्थापन र प्रयोगात्मक परीक्षा शुल्क विद्यार्थीले व्यहोर्नुपर्ने भए पनि भर्ना र शिक्षा शुल्क पूर्णरुपमा छुट हुँदा विद्यार्थी राहत पुगेको छ ।” २०६३ सालमा स्थापित गौमुखी क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्काय अन्तर्गतका विषयमा पढाइ हुन्छ ।
क्याम्पसभर जम्मा दुई सय ७० जना विद्यार्थी रहेका छन् । निःशुल्क शिक्षाले महिलालाई उच्च शिक्षाको पहुँचमा ल्याउन थालेको छ । पहिलो वर्षमा भर्ना भएका एक सय ४५ जना विद्यार्थीमध्ये एक सय ३० जना छात्रा रहेको क्याम्पसको तथ्याङ्क छ । प्रथम वर्षको रजिष्टे«सन सुरु नभएकाले विद्यार्थी सङ्ख्या अझै वृद्धि भई एक सय ७० जनाको अनुमान गरिएको जिसीको भनाइ छ ।
यस वर्षपछि वृद्धि हुन थालेपछि क्याम्पस सञ्चालनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । आयस्रोतविहीन बस्तीमा निःशुल्क पठनपाठनले विद्यार्थीलाई सहज र पहुँच वृद्धि गरिदिएको झिमरुक गाउँपालिका–५ ओखरकोटका स्थानीयवासी दलबहादुर जिसीले बताए ।
झिमरुक गाउँपालिकाले स्नातक तहमा निःशुल्क शिक्षाका लागि गत आर्थिक वर्षमा रु २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षत्रीले जानकारी दिए । क्याम्पसलाई बर्सेनि अनुदान दिँदै आइरहेको भए पनि यस वर्षबाट गाउँपालिकाले स्नातकसम्मको शिक्षा निःशुल्क गर्ने योजनाअनुसार बजेट व्यवस्था गरेको उनले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु २५ लाख र आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख उपलब्ध गराइसकेको छ । विद्यार्थी सङ्ख्याअनुसार थप व्यवस्था मिलाउने गाउँपालिकाको योजना रहेको छ । गौमुखी क्याम्पसमा अध्ययन गर्ने जुनसुकै पालिकाका विद्यार्थीको हकमा निःशुल्क हुने अध्यक्ष महतराको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार