एक दिन राप्रपाले यो गणतन्त्र उल्टाइदिन्छः लिङ्देन
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १४:२९:४१
३० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले यस्तै किचलो भइरहे गणतन्त्र फाल्ने दिन आउने बताएका छन् । उनले राप्रपाले बहुमत पुर्याएका दिन गण्तन्त्र पल्टाइदिने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै लिङ्देनले गणतन्त्रमाथि सधैं फोहोरी खेल भइरहे यसलाई ढालिदिने चेतावनी दिए ।
लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको बताए । उनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए । ‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, देश र जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’
उनले आफूहरूको संख्या सानो भएपनि गणतन्त्रको नाममा लुटतन्त्र मच्याइरहेको बताए । उनले नयाँ सत्ता समीकरणमा आफू सहभागी नहुने स्पष्ट पारे । उनले भने, ’हामीले ल्याएको व्यवस्था भनेर गणतन्त्रको जसरी व्याख्या गरिरनु भएको छ । पछिल्लो समय गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र भइरहेको छ । त्यो लुटतन्त्र नै गणतन्त्र हो भने त्यो गणतन्त्रको हामी सधैं विरोध गर्छौं । सडकमा विरोध गर्छौं । सदनमा विरोध गर्छौं । जुन बेला हैसित पुग्छ त्यत्तिबेला पल्टाइदिन्छौं । त्यतिबेला हाम्रो मुख थुन्न सक्नुहुन्न ।’
उनले संसदमा उभिएर राजा र धर्मका नाममा गाली गर्ने छुट कसैलाई नभएको जिकिर गरे। राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थहरूको गठबन्धन भएको आरोप लगाए। जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि नयाँ सत्ता हेरफेर स्वार्थको जोडघट भएको भन्दै उनले स्वार्थ मिले टास्सिने नमिले छुटिने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार