टी-२० सिरिजमा नेपालको लज्जास्पद हार
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १५:२२:३३
३० फागुन, काठमाडौं । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी(२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।
नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २(२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार