कांग्रेसका कारण मेरो हालत खराब भएछ भने असल प्रतिपक्ष बनौंलाः प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १५:३४:३
३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई एमालेसँग मिलेर हालत खराब बनाउँछु भनेको भन्दै त्यो गरेर देखाउन चुनौती दिएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठूला दलहरू मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दवावमा राख्न खोजेको बताए ।
उनले भने, ‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो । मेरो त कामना छ, तपाईँहरू मिल्नुस् । तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ ।’
प्रचण्डले अगाडि भने, ‘हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठूला दल मिल्दा आफू नडराउने उनले बताए । ‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबावमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वाद गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उता पट्टी माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नु भो ।’
आफूलाई फाइदा हुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार