अरब सागरमा डुङ्गा डुब्दा १२ पाकिस्तानी माझीको मृत्यु भएको पुष्टि
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १६:४६:५२
३० फागुन, कराँची । अरब सागरमा डुङ्गा डुब्दा १२ जना पाकिस्तानी माझीको मृत्यु भएको पाकिस्तानी सेनाले बुधबार पुष्टि गरेको छ ।
गत मार्च ५ मा उक्त माछा मार्ने डुङ्गा समुद्रमा डुबेपछि उद्धारकर्मीहरूले दक्षिणी सिन्ध प्रान्तमा हेलिकप्टर, पानीजहाज र स्पिडबोटको सहायताले पानीभित्र बेपत्ता मछुवाको खोजीकार्य शुरू गरेका थिए ।
सेनाको जनसम्पर्क शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “करिब एक हप्ताको अन्तरालमा १२ व्यक्ति शव पानीको गहिराईबाट निकालिएको छ ।” “बेपत्ता भएका अन्य दुई जनाको खोजी कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानमा कमजोर सडक, असुरक्षित जलमार्ग, पूराना सवारी साधन र चालकको लापरबाहीका कारण घातक यातायात दुर्घटनाहरू हुने गरेका छन् ।
पाकिस्तानी सेनाले यसअघि भारतीय सीमा नजिकैैको खुला समुद्रमा ‘प्रतिकूल मौसमका कारण’ डुङ्गा पल्टिँदा डुङ्गामा चालक दलका ४५ सदस्य रहेको बताएको थियो ।
पाकिस्तानमा मनोरञ्जनका लागि प्रयोग गरिने डुङ्गा र सानातिना काममा प्रयोग हुने मोटरबाट चल्ने डुङ्गा प्रायः ओभरलोड हुन्छन् जसले दुर्घटना निम्त्याउने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार