पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ : अभिनेता मल्ल
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १६:५७:२८
३० फागुन, काठमाडौं । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्छन् ।
कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका चलचित्रबाट पाए । चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो । त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उनलाई हाकुकालैकै नामले पनि चिन्छन् । ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो ।
त्यसबाहेक चलचित्र कागबेनी, कथा, फिटकिरी, बधशालालगायतमा गरेको अभिनयले उनलाई उम्दा अभिनेताका रुपमा बलियो गरी स्थापित गरिदियो । मल्लले आकाश अधिकारीद्वारा निर्देशित चलचित्र ‘रणभूमि’ मा पहिलो पटक अभियन गरेका थिए । त्यसपछि चलचित्र ‘दाग’, ‘पक्षी’ जस्ता चलचित्रमा काम गरे ।
चलचित्रमार्फत व्यवसायिक सफलता मिले पनि यस क्षेत्रमा उनको जग बलियो बनाउने काम भने रङ्गमञ्चले गर्यो । उनलाई यहाँसम्म ल्याउन रङ्गमञ्चको भूमिका ठूलो भएको धेरैको भनाइ छ । उनलाई अझै पनि रङ्गमञ्चकै कलाकारका रुपमा चिन्नेको जमात पनि ठूलै छ ।
रङ्गमञ्चमा लामो समय बिताका उनी पछिल्लो समय चलचित्रमा व्यस्त छन् । त्यसैले त चाहेर पनि रङ्गमञ्चमा फर्कन पाएको छैन । यद्यपि रङ्गमञ्चमा फर्कने चाहना भने लामो समयदेखि भएको उनको भनाइ छ ।
“नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएको छैन”, उनले भने, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रुपमासमेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो ।”
पात्रको भूमिकाबाट पनि चर्चा कमाए पनि उनलाई यदाकदा एकै किसिमको भूमिकामा देखिने गरेको आरोप पनि पनि नलागेको होइन । तर उनी भने यसबारे आफू जानकार र सचेत रहे पनि आफूले मेहनतमा कुनै कमजोरी नगरेको बताउँछन् ।
“हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौं । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौं, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भने ।
लगातार चलचित्रमा अभिनय गर्दा आफू पनि पात्रकै जीवन जिउने गरेको पनि उनको अनुभव छ । उनी केही विश्राम गरेर काम गर्न सके नयाँ पात्र प्रस्तुत हुनुका साथै अभिनयमा ताजगी ल्याउन सकिने सोचमा छन् । सोहीअनुसार आगामी दिनमा उनले चलचित्रमा काम गर्ने तालिका समेत बनाएका छन् । “पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ । र, यसका लागि समय चाहिन्छ”, उनले भने, “शारीरिक रुपमा तयार हुन समस्या नभए पनि मानसिकरुपमा तयार हुन समय चाहिन्छ ।”
उनले मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘अगस्त्य’का लागि २० किलो तौल घटाएर फेरि बढाएको थियो । “त्यसका लागि मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिएँ । तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो”, उनले भने ।
लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेश र आफ्ना भोगाइलाई समावेश गरेर पात्रलाई तयार गर्ने गरेको उनको भनाइ छ । उनलाई पात्रबाट निस्किन समय चाहिन्छ । जसका लागि एउटा काम र अर्कोकामबीच केही समय विश्राम गर्ने तयारी समेत अभिनेता मल्लले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार