तीन प्रदेश प्रमुखले शपथ लिए, तीन पदमुक्त
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १९:३०:२६
३० फागुन, काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् । नेपाली कांग्रेस सरकारमा हुँदा नियुक्त भएका मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई हटाएर सरकारले नयाँ नियुक्ति सिफारिस गरेको थियो ।
यसैचि राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन् । सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०८० र ११ र २८ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारी वर्षाको पूर्वानुमानसँगै सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
असोज १६, २०८१ बुधबार
प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाइ हुँदै
असोज १६, २०८१ बुधबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना
असोज १६, २०८१ बुधबार
दिवंगत पितृका नाममा तर्पण दिएर सोह्रश्राद्ध समापन
असोज १६, २०८१ बुधबार
इजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
असोज १६, २०८१ बुधबार
कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
असोज १६, २०८१ बुधबार
विश्व बैंकले भन्यो, चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ५.१ प्रतिशत पुग्छ
असोज १६, २०८१ बुधबार