एन्फा उपाध्यक्षसहित १० जनालाई कारवाही गर्न खेलकुद मन्त्रालयको निर्देशन
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार २०:०:४८
३० फागुन, काठमाडौं । खेलकुद मन्त्रालयले विश्वकप फुटबल छनोटको तयारी स्वरूप मलेसियासँग मैत्रीपूर्ण खेलको लागि आज प्रस्थान गरेको टोलीमा एन्फा उपाध्यक्षसहित १० जना गएको भन्दै कारबाही गर्न निर्देशन दिएको छ ।
मैत्रीपूर्ण फुटबलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय फुटबल टिमसँगै अनधिकृतरूपमा १० जना गएपछि मन्त्रालयले एन्फालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको हो ।
नेपाली टिममा २३ जना खेलाडीबाहेक १६ अतिरिक्त सदस्य छन् । जसमा मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेस, सहायक प्रशिक्षक प्रवेश कटुवालसँगै विनोद डंगोल र मनिष तिम्सिना गोलकिपर प्रशिक्षक छन् । यस्तै, उत्तमराज भण्डारी टिम व्यवस्थापक रहँदा लोकेन्द्र कुँवर फिजियो र ज्ञानबहादुर राई किट व्यवस्थापकमा छन् ।
आज राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए । एन्फाको टोलीमा उपाध्यक्ष दीपक खतिवडा, एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, सीईओ इन्द्रमान तुलाधर एन्फाका जिल्ला सदस्यहरू सुनील लोप्चन, बुद्धिबहादुर गुरुङ, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ र भरत घिमिरे अफिसियलको रुपमा र ज्ञानबहादुर राईलाई किट व्यवस्थापकको रुपमा मलेसिया गएपछि मन्त्रालयले कारबाहीको लागि निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले प्रेस विज्ञप्ति जारी गर्दै अनावश्यक रुपमा गएका अफिसियल तथा एन्फा पदाधिकारीसहित सदस्यलाई कारबाहीको निर्देशन दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघबाट सहभागी हुनको लागि खेलमा संलग्न समूहबाहेक १० जना अनावश्यक व्यक्तिहरूसमेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भनि विभिन्न मिडियाबाट प्रेसित समाचार प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’
प्रवक्ता रेग्मीको अनुसार राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर १० जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको कारण उनीहरुलाई कारबाहीको निर्देशन गरिएको हो ।
नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ। त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम चैत ८ र १३ गते बहराइनसँग खेल्न बहराइनमा जानेछ। यी दुई खेल विश्वकप छनोटका खेल हुन्। दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याच समेत बहराइनमा खेल्न लागेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार