सहकारी ठगी प्रकरणः सरकारमा पीडक, सडकमा पीडित
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार ११:२७:५
१ चैत्र, काठमाडौं । नयाँ गठबन्धन बनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने हल्ला चल्दै गर्दा सहकारी पीडितहरु आन्दोलनको तयारी गर्दै थिए । लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले देशभरबाट पीडितलाई काठमाडौंमा जम्मा गरेर निर्णायक प्रदर्शन गर्ने तयारी गर्यो ।
महासंघका अध्यक्ष कुशल केसीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार आज उनीहरुले काठमाडौंमा वृहत् प्रदर्शन गर्ने भन्दै जम्मा भएका छन् । सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर धर्ना बस्ने उनीहरुको चेतावनी छ ।
सहकारीको बचत हिनामिना गरेर सर्वसाधारण ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएकामा प्रतिनिधिसभा बैठकमा पनि प्रश्न उठेको छ । बुधबारको बैठकमा सत्तारुढ बाहेकका दलले प्रश्न उठाए । यो विषयलाई सहकारी पीडितहरुले पनि नोटिस गरेका छन् ।
प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलका सांसदले विगतमा विवादित मन्त्रीको उदाहरण दिँदै सहकारी ठगीका व्यक्ति पनि मन्त्रिपरिषदमा रहन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए । कांग्रेसले यस विषयलाई प्रमुख मुद्दा बनाउने र प्रधानमन्त्रीको जवाफ नआए सहज रूपमा संसद् चल्न नदिने चेतावनीसमेत दिइसकेको छ ।
बुधबार संसदमा प्रश्न उठ्यो, आज बिहीबार सडकबाट प्रश्न उठाइँदैछ । सहकारी पीडितहरुले आज काठमाडौं उपत्यकामा प्रदर्शन सुरु गरिसकेका छन् । उनीहरुले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटी मण्डपमा एकीकृत सभा गर्ने जानकारी दिएका छन् । सरकारी पीडितहरुले काठमाडौं उपत्यकाको सवारी आवागमन अवरुद्ध हुनसक्ने जानकारी पहिले नै गराएका छन् ।
उनीहरू देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका हुन् । पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर सभा गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् । प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँ बसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे पैदल मार्च सुरु भइसकेको भन्दै पीडितहरु सुन्धारामा भेला हुँदैछन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
सहकारीमा भएको ठगीलाई लिएर गृहमन्त्री नहुँदै रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्र राई (जीबी) विरुद्ध उजुरी परेको छ । सहकारी विभागमा उनीहरू विरुद्ध नेपाली नागरिकका तर्फबाट युवराज सफलले २ माघमा उजुरी दिएका थिए ।
उनले लामिछाने र राई सहकारी ठगीमा मुछिएको उल्लेख गरेका छन् । विभिन्न सहकारीको रकम गैरकानुनी ढंगबाट टेलिभिजनमा लगानी गरी हिनामिना गरेको भन्दै उनीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन् । यसको छानविन भइरहेको छ ।
यस्तै सूर्य दर्शन सहकारीको ठगी प्रकरण सम्बन्धी मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छ । यसअघि गत भदौमा प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यति वेला सहकारीका अध्यक्ष थानबहादुर बुढा मगर, पूर्व अध्यक्षहरू गितेन्द्रबाबु राई (जीबी) र भूपेन्द्र राई लगायतलाई विपक्षी बनाइएको थियो । उनीहरू मध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू महेन्द्र भाेटे भनिने शिवबहादुर गुरुङ र भगीश्वर अर्याल पक्राउ परेका थिए । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
पूर्व अध्यक्ष जीबी राई फरार छन् । उनी विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ । जीबी राई अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन सहकारीको रकम लगानी गरिएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रवि लामिछाने प्रबन्ध निर्देशक थिए । त्यसै आधारमा उनीमाथि पनि छानबिनको माग गरी पीडितहरूले उजुरी दिएका छन् ।
रवि लामिछाने अहिले उपप्रधान एवं गृहमन्त्री छन् । दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् । २५ जना पीडितले थप एउटा जाहेरी ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनै लामिछानेलाई लक्षित गर्दै आन्दोलन सुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार