वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १३:५३:५१
१ चैत, दमक 'झापा' । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
उनका अनुसार फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध सेवन गरेका नाति धिरजले अन्धाधुन्द रड प्रहार गरेका थिए ।
रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा शव गाडेका थिए । पक्राउ परेका अभियुक्त धिरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए । उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार