सिटिजन्स बैंकका ६० जना कर्मचारीलाई स्वर्णपदकसहित दीर्घ सेवा सम्मान
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १९:१२:७
१ चैत, काठमाडौं । विगत १७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत् बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । आजको दिन (चैत्र १) गते बैंकले कर्मचारीको (Employee Day) को रुपमा मनाउँदै आएको छ । बैंकले सत्रौँ वर्ष पुरा गरी अठारौँ वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरि जम्मा ६० जना कर्मचारीलाई क्रमश: १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका छन् । बैंकमा हाल करिब १७ सय ८० कर्मचारीहरू कार्यरत रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम. र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
पुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
नबिल बैंकको १० प्रतिशत नगद लाभांश पारित
मंसिर २८, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार