सिन्धुलीको बीपी पार्कभित्र रहेको टेलिकमको टावरमा कुकर बम विस्फोट
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १०:२४:५१
२ चैत, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको छ । आज बिहान ३ बजे दुम्जा डाँडास्थित विपी पार्कमा रहेको नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । टावरको कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा अपरिचित समूहले कुकर बम पड्काएको भेटिएको हो ।
प्रहरीले कुकरको बिर्को झ्यालमा अड्किएको र कुकरको भाग भुइँमा रहेको अवस्थामा फेला पारेको छ । त्यस्तै पेट्रोलको गन्ध आउने बोतल र जन मुक्ति सेना लेखिएको पर्चा पनि बरामद भएको डिएसपी दाहालले जानकारी दिए ।
विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको बताइएको छ । बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार