प्रमुख युरोपेली क्लबका फुटबलर दुबईमा पक्राउ
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार ११:८:२७
२ चैत, दुबई । युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागूऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबईमा पक्राउ परेका हुन ।
उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
प्रमुख युरोपेली क्लब अजाक्स र सेभिल्ला र अहिले स्पार्टक मस्कोसँग अगाडी खेलेका प्रोमेसलाई नेदरल्यान्ड्सका अभियोजकहरूले करिब १,३६० किलोग्राम कोकिन तस्करी गरेको आरोप लगाएका छन ।
सो लागुऔषध तस्करी अभियानको केन्द्रबिन्दुमा उनी समेत रहेको पुष्टि भए पछि नेदरल्याण्डको अदालतले उनको अनुपस्थितिमा नै ६ वर्षको जेल सजाय सुनाएको थियो ।
‘हामी यो बताउन चाहन्छौं कि दुबईमा एक स्वतन्त्र न्यायाधीशले अब डच सुपुर्दगी अनुरोधमा निर्णय गर्नेछन्’ उनका वकिलले भने, ‘सामान्यतया, सुपुर्दगी प्रक्रियाले धेरै समय लिन सक्छ र धेरै औपचारिक चरणहरू र आवश्यकताहरू समावेश गर्दछ, यो नेदरल्याण्डमा पनि पूर्ण रूपमा सामान्य छ। सुपुर्दगी प्रक्रियाको नतिजा र अवधि यस समयमा भविष्यवाणी गर्न सकिँदैन’
३२ वर्षीया यी खेलाडी गत जनवरीमा दुबईमा स्पार्टक मस्कोसँग प्रशिक्षणका लागि आएका थिए । सीएनएनले दुबई पुलिस, स्पार्टक मस्को र प्रोमेसको पीआर प्रतिनिधिलाई टिप्पणीको लागि सम्पर्क गरेको छ। प्रोमेसका वकिलहरूले उनले आफू विरुद्ध लागुऔषध ओसारपसारको आरोप अस्वीकार गर्दै आएका छन र नेदरल्याण्डले सुनाएको ६ वर्षको सजायको बिरूद्द अपील गर्नेछन्।
गत वर्ष प्रोमेसलाई आफ्नो काकाको घुँडामा छुरा प्रहार गरेको आरोपमा उनको अनुपस्थितिमा छुट्टै दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार