भारतका ६ खलनायक जो हिरोहरूको भन्दा बढी लिन्छन् पारिश्रमिक !
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार ११:५७:५६
२ चैत, मुम्बई । भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन् र जसका लागि ती नकारात्मक भूमिकामा धेरै मन पराइयो।
पद्मावतमा रणवीर सिंहको खिल्जीको चरित्र होस् वा केजीएफ–२ मा सञ्जय दत्तको डरलाग्दो लुक, यी कलाकारहरूले यी फिल्महरूमा दमदार अभिनय मात्र गरेनन्, करोडौं रुपैयाँ पारिश्रमिक पनि लिएका थिए ।
तर जब भारतको सबैभन्दा धेरै पारिश्रमिक लिने खलनायकको चर्चा हुन्छ, त्यसमा न सञ्जय दत्तको नाम समावेश हुन्छ, न सैफ अली खानको न त रणवीर सिंहको नाम, त्यसोभए खलनायक बन्नका लागि सबैभन्दा बढी पैसा लिने कलाकारहरू को हुन् रु आज हामी तपाइलाई बताउँछौँ ।
कमला हसन
यश बाहेक साउथका सुपरस्टार कमल हसन पनि सबैभन्दा धेरै पारिश्रमिक लिने खलनायक बनेका छन्, उनले नाग अश्विनको कल्की २८९८ मा खलनायकको भूमिका निर्वाह गरेबापत २५ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।
विजय सेतुपति
साउथ सुपरस्टार विजय सेतुपतिले शाहरुख खानको फिल्म जवानमा खलनायकको भूमिका निर्वाह गरेबापत करिब २१ करोड भारु लिएका थिए । जवानमा विजय सेतुपतिको अभिनय निकै रुचाइएको थियो ।
सैफ अली खान
यदि बलिउडको कुरा गर्ने हो भने सैफ अली खान पहिलो स्थानमा छन्, जसले आदिपुरुषका लागि १० करोड भारु लिएका थिए । तर, यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।
इमरान हाशमी
टाइगर ३ मा इमरान हाशमीले पहिलो पटक खलनायकको भूमिका निर्वाह गरेका थिए । उनले यो भूमिकाका लागि १० करोड भारु लिएका थिए । फिल्म टाइगरमा सलमान खान र कट्रिना कैफ मुख्य भूमिकामा छन् ।
सञ्जय दत्त
सञ्जय दत्तले साउथ फिल्म केजीएफ–२ मा खलनायकको भूमिका निभाएका थिए । उनको चरित्रको नाम अधिरा थियो । सञ्जय दत्तले यो भूमिकाका लागि ८ देखि ९ करोड भारु पारिश्रमिक लिएका थिए ।
यश
निर्देशक नितेश तिवारीले साउथ इन्डस्ट्रीमा धेरै ब्लकबस्टर फिल्महरू दिएका यशसँग उनको आगामी फिल्म रामायणमा रावणको भूमिकाका लागि कुराकानी गरिरहेका छन्।
जसअनुसार यश अब खलनायकको भूमिकामा देखिने भएका छन्, जसमा रणवीर कपुर भगवान रामको भूमिकामा देखिनेछन् भने दक्षिण अभिनेत्री साई पल्लवी सीता माँको भूमिकामा देखिने छन् । मिडिया रिपोर्टका अनुसार यश यस फिल्ममा रावणको भूमिका निभाउन लागेका छन् र यस फिल्मका लागि उनलाई १०–२० करोड नभई १५० करोड भारु पारिश्रमिक दिइनेछ, जसले गर्दा उनी भारतमा सबैभन्दा धेरै कमाउने खलनायक बन्ने छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार