झापाका दुई खानेपानी आयोजनालाई ३२ करोड बजेट विनियोजन
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १४:२२:२२
२ चैत, झापा । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु ३१ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।
झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर-६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताए ।
सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु १७ करोड ८९ लाख र काँकडभिट्टा खानेपानी आयोजनाका लागि रु १३ करोड ९७ लाख बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ठेक्का प्रक्रिया सुरु भएर तीन वर्षभित्र योजना सम्पन्न हुने शर्माले जानकारी दिए ।
दुवै आयोजनाका लागि यही फागुन २१ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट ठेक्का प्रक्रियामा जाने र बहुवर्षीय स्रोत सुनिश्चित गर्ने सहमति भएको सांसद शर्माले बताए । जनघनत्व बढिरहेको दुवै क्षेत्रमा खानेपानी सुविधा विस्तारको खाँचो पूरा गर्न यी परियोजनाको निर्माण महत्वपूर्ण रहेको उनको भनाइ छ ।
झापा–१ को बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी, धुलाबारी, चारआली र धाइजन क्षेत्रमा खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । सांसद शर्माले धुलाबारी, बाहुनडाँगी, ज्यामिरगढी र चन्द्रगढीलगायत खानेपानी योजनामा बजेट उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार
एयर बेलुनबाट दृश्यावलोकन
मंसिर ७, २०८१ शुक्रबार
काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार