रौतहटमा दिउँसै गोली चल्यो, लुटेरा समूह तत्काल पक्राउ गर्न प्रहरी सफल
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १४:५७:३३
२ चैत, काठमाडौं । दिउँसै मनि ट्रान्सफर लुट्न आउने समूहलाई रौतहट प्रहरीले भाग्दै गर्दा सीमा नाकाबाट पक्राउ गरेको छ । आज दिउँसो करिब साढे एक बजेको समयमा रौतहटको इशनाथ नगरपालिका वडा. न ७ को खापड चोकमा रहेको शिवम् मनि ट्रान्सफर लुट्न आएका लुटेरा समूहलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार मोतिहारीका मुनिफ कुमार यादव र राज कुमार पासवान रहेका छन् । सो भारतीय लुटेरा समूहले मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्दा उनको कानमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । नितेशमाथि लुटेरा समूहले टाउकोमा तोकेर गोली प्रहार गरे पनि उनको कानमा लागेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल र बीआर ०६ सीएल ९७९६ नम्बरको. अपाची मोटरसाइकलसमेत बरामद भएको छ । घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उद्देश्य गोली चलाएको प्रहरीको भनाइ छ ।
लुटेरा समूहले उक्त मनि ट्रान्फरबाट कति रकम लुट्यो भन्ने एकिन भएको छैन । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेकाले सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार