कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेट स्थगित
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १४:४३:४८
२ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार १५ मिनेटका लागि स्थगन गरिएको छ । शून्य र विशेष समय चलेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सदन अवरोध गरिएको हो । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरू उठेर अवरोध गरेका छन् ।
सहकारी काण्डमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेस सांसदले बैठक अवरुद्ध गरे । उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ, कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।
त्यसपछि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदले विरोध गरेका थिए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने बताए । प्रतिपक्षी उभिएपछि भाषण गर्न नपाइने उनले उल्लेख गरे । उनले ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।
कांग्रेस सांसदले यो विषयमा प्रधानमन्त्री प्रचण्डले रोस्टममा उभिएर जवाफ दिन माग गरेका छन् । त्यसपछि सहमति गर्न भन्दै सभामुख देवराज घिमिरेले १५ मिनेट बैठक स्थगन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार