बाजुरामा गर्भवतीको हेलिकप्टर मार्फत उद्धार
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १५:३६:०
२ चैत, बाजुरा । बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आएका थिए । उनको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको प्रजिअ पौडेलले जानकारी दिए ।
महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यस्तै बिहीबार पनि जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्काको पनि नेपाली सेनाको हेलिप्टर मार्फत उद्धार गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार