चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : वीपी यादव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १६:८:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/yadam_oyLSnX08jA_eNtozWclam.png)
२ चैत, राजविराज। राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता वीपी यादवले पोस्टर घटनामा राष्ट्रिय एकता अभियानको कुनै संलग्नता नभएको बताएका छन् । उनले जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरुको रिहाइको माग समेत गरेका हुन् ।
लोसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ‘संघीय सरकारको गृहमन्त्रीको निर्देशनमा जनकपुरबाट मनिष पुर्बे, पंकज झा र बीरगंजबाट उदय रौनियार र नवीन भट्टराईलाई प्रहरीले शंकाको भरमा पक्राउ गरेर थुनामा राखेकोले उनीहरुको रिहाइको माग गरेको हो ।
मधेसको भु–भागमा केही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र उप–प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको फोटो राखी गरिएको अमर्यादित कार्य प्रति हाम्रो ध्यान आकर्षित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रिय एकता अभियानको उद्देश्य राष्ट्र, समुदाय, समाज र व्यक्तिहरूबीच एकता अर्थात जोडने न कि तोडने कार्यमा हाम्रो नेता र कार्यकर्ताको संलग्नता कहीं कतै छैन’ विज्ञप्तिमा भनिएको छ ।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १५ महिनाको अवधिमा ३ चोटि विश्वासको मत, १६ चोटि मन्त्रिमण्डलको पुनर्गठन र दोस्रो चोटि समीकरण अदलबदल गर्दा देश र जनताको लागि कदापि लाभदायक नभएको जनाउँदै व्यक्तिगत पदीय फाइदाको लागि चाईनिजको ईशारामा राता–रात समीकरण बदलेको यथार्थ कुराको शान्तिपूर्ण विरोध गर्नु जनताको संविधान अनुसारको हक भएको समेत यादवले आरोप लगाएका छन् । बताएका छन् ।
संविधान सभाका सदस्य समेत रहेका यादवले ‘राष्ट्रिय एकता अभियान चिनियाँ विस्तारवाद, ईस्लामिक आतंकवादको विरुद्ध एवं संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्रको स्थापनार्थ संघर्षरत छन्’ विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार