मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १६:२५:४५
२ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिङ साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टीका स्कूल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमहरूमा स्कूल र कलेजका विद्यार्थीहरू तथा शिक्षक, शिक्षकहरूको सहभागिता रहेको थियो । त्यसै गरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर–११ स्थित देउतीबजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममार्फत् बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खाता लगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA NETWORK मा आबद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार