गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १६:२८:५५
२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले संसदको वेल घेराउ गरेका हुन् ।
उनीहरूले ’गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको नआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।
प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय नदिएपछि कांग्रेसले अवरोध गरेको हो । त्यसपछि सभामुख घिमिरेले राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग सामूहिक र एक्ला एक्लै संवाद गरे । गृहमन्त्री लामिछानेले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाए संसद चल्न दिने कांग्रेसको भनाइ थियो । तर, सत्तारुढ दलहरू यस्तो अभ्यास गर्न नहुने अडान राखे ।
दलहरूबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि पुनः बसेको थियो । दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध गर्यो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले अवरोध गरे । कांग्रेस सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन् । अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार