१ अर्ब ४० करोड विगो दावी गर्दै सुन तस्करीका आरोपी जीवन गुरुङविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १७:३८:५२
२ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको हो ।
यता, सुन तस्करीसम्बन्धी छानविन गर्न बनेको जाँचबुझ आयोगले पनि ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसीसँग मिलेर सुन तस्करीमा सहघाएको भन्दै पुनको सचिवालयका परराष्ट्र विज्ञ गुरूङमाथि छानविन गर्न सिफारिस गरेको छ ।
उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् । छानबिन र अनुसन्धानमा भरियाहरुले विमानस्थल हुँदै दुबई लगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझि लिने गरेको पाइएको थियो ।
उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख समेत हुन् । मंसिर २१ गते १४ किलो सुन सहित गोरखाका चन्द्र घले प्रक्राउ परेपछि सुन ल्याउने मुख्य योजनाकार गुरुङ गरेको भेटिएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत फागुन १४ गते प्रक्राउ गरेको थियो । प्रक्राउ पछि विमानस्थल भन्सार कार्यालयले गरेको छानविन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिने र व्यवस्थापन गर्ने गरेको भेटिएको थियो । भरियाहरुले ल्याएको सुन गोरखाका मिन घले हुँदै गुरुङसम्म पुग्ने गरेको अनुसन्धानमा खुलेको थियो ।
घले समुहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानविनमा क्रममा खुलेको थियो । उक्त प्रकरणमा मिन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुपर्क्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
माघ १९, २०८१ शनिबार
ठमेलमा आगलागी हुँदा ६५ लाखको क्षति
माघ १९, २०८१ शनिबार