इप्रका हिरासतमा छन सहकारीको १ अर्ब बढी ठगेको आरोपमा बुटवल ल्याइएका दीपेश पुन
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १०:२३:३७
३ चैत, बुटवल । नेपाल प्रहरीले पक्राउपछि काठमाडौंबाट बुटवल ल्याइएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलालाई बुटवलको इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरी विमानबाट राती नै रुपन्देहीको बुटवल ल्याइएको थियो ।
अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई बुटवल ल्याइएको हो ।
गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले निकैअघि जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारीका संचालकले १० हजार ३९१ बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ ।
दीपेश उक्त सहकारीका पूर्वकोषाध्यक्ष हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार