हेडक्वाटरमा तानिए सुन प्रकरणमा कारवाही सिफारिस भएका नुवाकोट प्रहरी प्रमुख थापा
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार ११:४६:२४
३ चैत, काठमाडौं । नुवाकोट जिल्लाका प्रहरी प्रमुख संञ्जयसिंह थापाको सरुवा भएको छ । उनलाई शुक्रबार नै जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा तानिएको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिस गरेपछि थापालाई जिम्मेवारीबाट हटाएर केन्द्रमा तानिएको हो ।
सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको भन्दै सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । सोही अनुसार थापा पनि प्रधान कार्यालय तानिएका हुन् ।
शुत्रबार नै सीआईबी प्रमुख बज्राचार्य, डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिएको थियो । अहिले सीआईबी प्रमुखमा श्याम ज्ञावाली पुगेका छन् । नुवाकोटबाट हटाइएका एसपी थापा र डीएसपी दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला
माघ १, २०८१ मंगलबार
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
माघ १, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो
माघ १, २०८१ मंगलबार