प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १२:५८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/madhav_nepal_2_1636794994_QVXCCsl4Ru_j7mLHm7rKz.jpg)
३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपाल राजनीतिक उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्ड झण्डै दुर्घटनामा परेको बताएका छन् । उनले आफूले पदको लोभ नगरेकाले प्रचण्डको राजनीति बचेको दावी गरेका छन् । तर, नेपालले खास कुरा भने खुलाएनन् ।
आफूले पदलाई प्राथमिकता नदिएको कारणले अर्को गठबन्धन बन्न नसकेको उनको भनाइ छ । रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पदको लोभी नभएको बताए । परिवर्तनकारी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्ने पक्षमा आफूले भूमिका खेलेको नेपालको दावी छ ।
अध्यक्ष नेपालले देशको सबैभन्दा ठूलो चुनौति संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु प्रमुख समस्याको रुपमा रहेको बताए उनले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिँने बताए ।
नेपालले भने, ‘यो सरकारले राम्रो काम गरोस्। हामी यो सरकारमा सामेल हुने शिलशिला सबैलाई थाहा छ । झण्डैझण्डै दुर्घटना भइसकेको थियो । हामीलाई बेलैमा सूचना नमिलेको हुनाले अर्के गठबन्धन बन्छ कि भन्ने आइसकेको छ । तर, हामीले पदलाई महत्व दिएनौं । जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा होइन । हामी विकास निर्माण र सुशासनको पक्षमा छौं । हामी अहिले समाजवादी शक्तिहरु अगाडि बढ्ने लागेको छौं ।
अहिले पनि कांग्रेसले संविधानको रक्षा गर्ने कुरालाई उचित ध्यान दिनुपर्ने बताए । उनले थपे, पार्टीभित्र देखेको विसंगतिलाई नेतृत्वले व्यवस्थापन गर्नेपर्छ। कम्युनिष्टभित्र पनि भ्रष्टाचारीलाई संरक्षण गरेर जोगाउने प्रवृत्ति देखिएको छ। तर, त्यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ। हाम्रो पार्टी दशौं महाधिवेशनको तयारीमा छ। त्यो महाधिवेशनको लागि संगठन निर्माण र सदस्यता वितरणको काममा लागिरहेका छौं ।
उनले भने, ‘हाम्रो अहिले हामीले हामीले कांग्रेसलाई प्रमुख शत्रु भनेर जो संविधानको पक्षपोषणा र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन । विचारमा द्वन्द्व चल्छ कांग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ । कांग्रेसका विरुद्व संघर्ष पनि हुन्छ । तर, कहिलेकाहिँ सहकार्य पनि हुन्छ । संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन । हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो थोरै शत्रु किटान गर्ने हो ।’
अहिले दलाल, नोकरशाही, पूँजीपति वर्ग नेपाली जनताको प्रमुख शत्रु रहेका बताए । उनले थपे, ‘त्यसका विरुद्ध हाम्रो संघर्ष रहन्छ । त्यसो हुँदा हामीले जोसँग सहकार्य गर्दा पार्टी र देश र जनतालाई हित हुने काम गर्छौँ । हाम्रो पार्टीलाई अस्वीकार र वेवास्ता गरेर धोखा दिने काम गर्छ भने हामी समयमै सजक हुन्छौं । हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार