पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्रमोटर घोषणा
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १५:२०:४
३ चैत, काठमाडाैं । मायाको पहिचान नेपालले पिंक टुरिज्म इन्टरनेशनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिज्म कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिज्म इन्टरनेशनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्। रेहान श्रेष्ठ भिजिट नेपाल २०२० को एम्बेसडर थिए। पिंक टुरिज्म इन्टरनेशनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्।
डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिज्म प्रमोशनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्नेछिन्। सबै मिलेर नै समावेशी हुँदै कार्यक्रम सफल बनाउन लाग्नुपर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन्।
पराक्रम राणा कन्टेन्ट क्रिएटर एवं ब्लगर हुन्। उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक फ्रेण्डली कन्ट्री भएको बताए। ‘नेपाल सुरक्षित देश हो,’ उनले भने, ‘यहाँ 'नेपाल' आउन आह्वान गर्छु।’ यसअघि इन्टरनेशनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्।
अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तरराष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए। पर्यटन बोर्डले अन्तरराष्ट्रिय पिंक टुरिज्म प्रवर्द्धनका लागि पन्तलाई जनवरी २०२४ देखि कल्चरल एमिसारी 'राजदूत' नियुक्त गरेको थियो। उनले पिंक टुरिज्मको माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सके नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठूलो सहयोग पुग्ने बताए।
नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले युएनडिपीको आर्थिक सहयोगमा २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई ट्रेकिङ गाइडको तालिम दिएपछि ट्राभल कम्पनीहरूले पनि चासो दिएको सुनाए। तालिम लिएकाहरू कतै न कतै आबद्ध भैसकेको जानकारी उनले दिए।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल दक्षिण एशियामै फ्रेन्डली देश भनेर अन्तरराष्ट्रिय स्तरमा पुगेको निर्देशक लामिछानेले बताए। नेपाल ‘डेस्टिनेशन फर अल’ भएको उनले बताए। नेपालमा राइड शेयर सञ्चालन गरेको टुटलका व्यवस्थापन अधिकृत 'एमडी' रुविक जोशीले पिंक टुरिज्ममा सहभागी हुन पाउँदा खुशी लागेको बताए।
‘पर्यटन प्रवर्द्धनमा अर्को फ्याक्टर भनेको ट्राभल पनि हो,’ जोशीले भने, ‘नेपाललाई ट्राभल गर्न सुरक्षित मानिन्छ। भाउतोल गर्न नपरोस्।’ उनले टुटलले सुरक्षित राइडिङ सेवा दिइरहेको बताए।
पिंक टिफानीकी सञ्चालिका सहारा खड्काले मायाको पहिचान नेपालले पहिलो पटक पिंक टुरिज्म इन्टरनेशनल कन्फ्रेन्स आयोजना गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि राम्रो काम गरेको सुनाइन्। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सञ्चालन गरेको होटेल नचल्ला भन्ने डर हटेको बताइन्।
सम्मेलनमा सय वटाभन्दा बढी किताबका लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक, एजेन्ट अफ इस्कका संस्थापक पारोमिता बोहरा प्रमुख वक्ताको रूपमा रहनेछन्। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याएर पर्यटन उद्योगमार्फत देशभित्रका समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको पन्तले बताए।
सम्मेलनमा सहभागी हुनका लागि अनलाइन आवेदन खुल्ला भैसकेको छ। मायाको पहिचान नेपालका अनुसार संस्थाको वेबसाइट https://mayakopahichan.com/ मा अनलाइन फारम भर्न सकिनेछ।
सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायतसहित दक्षिण एशियाली देशहरूबाट आवेदन प्राप्त भएको मायाको पहिचान नेपालले जनाएको छ। नेपाल दक्षिण एशियामै कानुनी रूपमा समलिङ्गी 'इन्द्रेणी' विवाह दर्ता गर्ने पहिलो देश बनेको छ। नेपालको संविधानमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार लेखिएको छ।
संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसारको नागरिकता जारी गर्ने व्यवस्था छ भने धारा १८ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि विशेष कानुन बनाउने व्यवस्था छ।
संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको हक सुनिश्चित गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि सन् २००१ देखि संस्थागत अभियान शुरु गरेका पन्तकै नेतृत्वदायी भूमिकाका कारण संवैधानिक अधिकार सुनिश्चित भएको समुदायले बताउँदै आएका छन्।
संविधान जारी ८ वर्ष पूरा हुँदासम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि पन्तले नै स्थापना गरेका संस्थाको भूमिका निष्क्रिय भए पछि पन्त पुनः सक्रिय भएर लागेका छन्।
पन्तकै पहलमा लमजुङको दोर्दी, बर्दियाको बढैयाताल र कैलालीको कैलारी गाउँपालिकाले समलिङ्गी, तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गरेर देशको नाम अन्तरराष्ट्रिय जगतमा पुर्याउन सफल भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार