अगस्त्य हेर्दा : महिलाहरुको लागि २५५ छुटको व्यवस्था
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार ११:२७:५६
४ चैत, काठमाडौं । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोस्रो सातामा औसत व्यापार गरेको निर्माणपक्ष बताउछन् ।
दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र हिजो शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको हो।
मानव तस्करीको विरुद्ध प्रबल संघर्षको पक्षमा आवाज उठाएको यो चलचित्रमा निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन छ। यो चलचित्र निर्माण गर्नुको उदेश्य केवल मनोरञ्जनको रूपमा मात्र नभएर समाजमा जागरूकता बढाउनका लागि एक शक्तिशाली औजारको रूपमा प्रस्तुत गरिएको निर्माणपक्ष बताउँछन्।
निर्देशक चौधरी भन्छन्:- शक्तिशाली दृश्यात्मक भाषाद्वारा, चलचित्रले सम्बन्धित निकाय तथा सर्वसाधारण जनतालाई जागरूक बनाउने तथा आवाज उठाउन प्रेरित गर्ने लक्ष्य लिएर चलचित्र निर्माण गरिएको हो। 'अगस्त्य' चलचित्रको नाम प्राचीन ऋषि, अगस्त्य महर्षिबाट प्रेरणा लिइएको हो। उहॉंले आफ्ना लक्ष्यहरू प्राप्त गर्न पहाड समेत झुकाउनु भएको थियो । हाम्रो चलचित्रको कथामा, हाम्रो मुख्य चरित्र अभिनेता, राष्ट्रिय हीरोहरू सुरक्षा कर्मीलाई प्रतिनिधित्व गर्दै, मानव तस्करीको विरुद्ध प्रबल संघर्ष गर्दछ।,
त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै यो महिलाहरूको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ। २०२४ मार्च १८ गते सोमबार सम्पूर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५५ छुटको व्यवस्था गरिएको हो।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको कलाकारको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार