सीआईबीले बुझ्यो सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १३:१:५
४ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीसम्बन्धी अनुसन्धान गर्ने गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ । सीआईबीले आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको हो ।
आइतबार प्रतिवेदन बुझेपछि यसको अध्ययन गरेर आयोगले कारवाहीको सिफारिस गरेका माथि सीआईबीले थप अनुसन्धान र कारवाही गर्नेछ । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने सीआईबीको तयारी छ ।
त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन, भेपमार्फत आएको सुन र अन्य नाकाबाट भएको तस्करी सम्बन्धमा प्रतिवेदन अध्ययन हुनेछ । जाँचबुझ आयोगले राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लगाउँदै यसअघि सीआईबीकी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धानमा संलग्न एसपी र डीएसपीसम्मलाई कारवाही गर्न भनिएको छ ।
आयोगले सुन तस्करीमा संलग्नहरूसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरू सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्य केही व्यक्तिलाई कारवाही गर्न आयोगले सिफारिस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य दुई हजारले बढ्यो, तोलाको कति ?
पुष १९, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
पुष १८, २०८१ बिहिबार
तोलामा १४ सय बढेर १ लाख ५१ हजार पुग्यो सुन
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले पाए सहसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार