पोखराका पीडितको प्रधानमन्त्रीलाई प्रश्न, ‘सहकारी ठग्ने गृहमन्त्रीलाई के कारवाही हुन्छ’?
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १४:११:५०
चैत ४, पोखरा । पोखराका सहकारी पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई के कारवाही हुन्छ भनेर प्रश्न गरेका छन् । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न आएका प्रधानमन्त्रीलाई उनीहरुले प्रश्न गरेका हुन् ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले सहकारी ठगीमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै छानबिन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन् ।
पत्रकार महासंघ कास्कीले आयोजना गरेको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहकारी पीडितले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सहकारी पीडित संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।
सहकारी पीडितका समस्या समाधान गर्न सरकारले चासो नदिएको उनीहरूको भनाइ छ । सहकारीबाट हामी पीडित भएको पनि २ वर्ष भइसक्यो, अहिलेसम्म सरकारले कुनै कदम चाल्न सकेन, उनीहरुले भने । सहकारीको समस्या भनेको जीबी राई र गृहमन्त्री रवि लामिछाने भएको उनीहरुले बताए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितका समस्याबारे आफू जानकार भएको बताए । उनले सहकारी पीडितको समस्या समाधान गर्न सरकारले छिट्टै नीतिगत निर्णय गरेर अघि बढ्ने तयारी गरेको बताए । सहकारीको समस्या राष्ट्रिय विषय बनिसक्यो, समस्या समाधान गर्न हामी छिट्टै नीतिगत व्यवस्था गर्दैछौं,उनले भने ।
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उक्त सहकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको पोखरा महानगरको छानविन प्रतिवेदनमा उल्लेख छ ।
२२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलले ब्याज तिर्न पनि नसक्ने अवस्थाले पोखरेलीलाई चिन्तित बनाएको भन्दै व्यवसायी विश्वशंकर पालिखेले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस्तै पोखरामा दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थलबाट नियमित उडान हुने ढुक्क हुन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार