वन डिभिजन कार्यालय महोत्तरीका तत्कालीन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १६:२:२८
४ चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन वन डिभिजन कार्यालयका वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार आयोगले २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरूद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
सव–डिभिजन वन कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दीलिप महतोविरूद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नापी कार्यालय, बर्दिबास महोत्तरीका तत्कालीन अमिन राम शरद राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरूद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।
रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ, महोत्तरी, सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली र बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनी द्वय लीलामणि आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री विरूद्ध विगो दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार