पर्सामा राष्ट्रिय भुमी आयोगले १ सय ५७ जना भुमीहीनलाई लालपुर्जा दिने
आबिद हुसेन
चैत ४, २०८० आइतबार १६:४१:०
४ चैत, वीरगञ्ज । आगामी वैशाख महिनासम्ममा पर्साका १ सय ५७ जना भुमीहिन दलित समुदायका मानिसहरुले लालपुर्जा सहितको जग्गा पाउने भएका छन् ।
महानगरपालिका र नगरपालिका अन्तर्गतका अर्थात शहरी क्षेत्रका भूमीहीनहरुलाई १ सय ३० वर्ग मिटर तथा ८ धुर लालपुर्जा सहितको सरकारी जग्गा पाउने व्यवस्था छ भने ग्रामीण भेग अन्तर्गतका भुमीहिनहरुले एक कठ्ठासम्म जग्गा पाउने व्यवस्था सुकुम्बासीको हकमा गर्न सक्ने ऐनमा उल्लेख छ ।
तर सरकारले सकारात्मक सुचीमा भएको जग्गा मात्रै वितरण गर्न पाउने अन्यथा अरु कुनै सरकारी जग्गा वितरण गर्न नपाईने कार्यविधिमा जनाए अनुसार सोही मापदण्डमा आधारीत रही कार्य भईरहेको राष्ट्रिय भुमी आयोग पर्साका सदस्य सचिव एव् नापि कार्यालय पर्साका नापी प्रमुख राकेश झाले आईतबारको पत्रकार सम्मेलनमा जनाएका छन् । तर भुमीहीन भनेर झुटो विवरण पेश गरेको खण्डमा भने आवश्यक कार्यवाही समेत गरीने झाले चेतावनी समेत दिएका छन् ।
नापी प्रमुख झाले भने , पर्सा जिल्लाका हरेक वडा वडामा गएर भुमीहिन सम्बन्धिमा अभिमुखीकरण गर्ने , लगत संकलन गर्ने , जाँचबुझ गर्ने, फिल्ड बुक तैयार गर्ने र लालपुर्जा वितरण गर्ने कार्य गर्ने पाएको जिम्मेवारीमा काम गरीरहेका छौँ । यसका लागि स्थानीय तहको पनि उत्तिकै भुमीका रहेकोले स्थानीय तहले समन्वय नगरेसम्म काम गर्न कठिनाई भईरहेको छ । यसमा केन्द्र , जिल्ला र स्थानीय तहका गरी सबैको बराबर भुमीका र जिम्मेवारीका साथ समन्वय हुन आवश्यक देखिन्छ ।
भुमीहीन , सुकुम्बासी लगायतका समस्या सामाधानका निम्ति नेपालमा वि।स।२०७८ साल भाद्र २५ राष्ट्रिय भुमी आयोगको गठन भएको हो । गठन भएलग्त्तै कार्यलाई तीव्रता दिइएको हो ।
त्यस्तै पर्सा जिल्लाको हकमा भने हरेक पालिकामा लगत संकलन , नापनक्सा , विवरण संकलन गर्ने कार्य भइरहेको तथा अभिमुखीकरणको कार्य समेत पटक पटक गर्दा पनि २ वटा पालिकाले भने चासो नै नदेखाएको भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए । ती दुई पालिका छिपहरमाई गाउँपालिका र पकाहामैनपुर गाउँपालिका रहेको र पटक पटक आग्रह गर्दा पनि चासो भने नदेखाईएको अध्यक्ष अहमदले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
रौतहटमा अत्यधिक गर्मीले खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार